जे.ए. ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट हस्तान्तरण « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

जे.ए. ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट हस्तान्तरण



काठमाडौं । जे.ए. ग्रुपका संस्थापकहरूले बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् । संस्थापकहरू अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रूपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार  हस्तान्तरण गरे ।

उनीहरूले नेपालीहरूको महान् चाडको अवसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरूले ट्राफिक प्रहरीको सुरक्षाको निम्ति अन्य ट्राफिक कार्यालयहरूलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए । 

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरूलाई सहयोग गर्दै आई रहेका छन् । जे।ए।ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यमिक विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् । 

जे.ए. ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्धि क्षेत्रमा समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क औषधी समेत वितरण गर्दै आइरहेको छ । संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।  युवा उद्यमी जिज्ञासा अर्यालले सेवाअनलाईन समेत सञ्चालन गिरहेकी छन् ।  सेवा अनलाइनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी वामालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउने लैजाने सेवा दिँदै आएको  डा। सन्चो क्लिनिकका निर्देशक जिएन श्रेष्ठले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस्