आज टिकाको उत्तम साइत १०ः२ बजे, दिनभरी साइत कुर्नुपर्दैन पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । आज दशैँको दशौँ दिन अथार्त विजयादशमी । दशैँमा आफन्त तथा मान्यजनबाट आर्शिवाद टिका जमरा लगाएर हर्षउल्लासका साथ मनाइन्छ ।
विजय दशमीको टिका लगाउने शुभ साइत आज विहान १०ः२ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार शुभ साइत उल्लेख गरिए पनि विजयदशमीको दिनभरीनै शुभ साइत रहेको छ ।
आज बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरिसकेपछि साइत कुर्नु नपर्ने समितिले जनाएको छ । ८ः१९ मा देवि विर्षजन नगरी टिका लगाउन नहुने समितिको ठहर छ ।