न्यादी हाइड्रोपावरको सेयर बाँडफाँड, २१ लाख ४७ हजारको हात खाली (यसरी हेर्नुहोस् रिजल्ट)
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको आइपिओ आज शुक्रवार बाँडफाँड भएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा बाँडफाँड भएको हो ।
न्यादी हाइड्रोपावरको आईपीओमा २ लाख ९ हजार २५० जना भाग्यमानीले कम्पनीको शेयर पाएका छन् । २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । यो माग गरिएकोभन्दा १४ गुणा बढी हो ।
कम्पनीले असोज १५ गते देखी १९ गतेसम्म २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अङ्कित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुटाइएको थियो ।
कम्पनीको आइपिओ बाँडफाँडको रिजल्ट यहाँबाट हेर्न सकिन्छ ।
https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check













