सिद्धार्थ बैंकको लाभांश घोषणा « Arthapath.com
८ कार्तिक २०७८, सोमबार

सिद्धार्थ बैंकको लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँकोे १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आउदो वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्