नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । नेपाल बैंकले लाभांश घोषणा गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल १७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकुत दिएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
