१८ अंकले बढ्यो शेयर बजार, ६ अर्ब ६१ करोडको कारोबार « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

१८ अंकले बढ्यो शेयर बजार, ६ अर्ब ६१ करोडको कारोबार



काठमाडौं । सोमबार र मंगलबार भारी अंकले उकालो लागेको शेयर बजार आज बुधबार पनि सामान्य अंकले बढेको छ । आज १८.०६ अंकले बजार बढेर कारोबार मापक नेप्से परिसुचक २७ सय ६९.१३ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय २८ कम्पनिको ११ करोड ५९ लाख २ हजार २ सय ३५ कित्ता शेयर ७५ हजार ६ सय १२ पटक किनबेच हुदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको कारोबार भएको छ ।

आज उत्पादन, विकास बैंक, हाईड्रोपार, होटल एण्ड टुरीजम बाहेक अन्य समुह बढेको छ । उत्पादन समुह ४४, विकास बैंक २, हाईड्रोपार २० र होटल एण्ड टुरीजम १० अंकले घटेको छ । भने सबैभन्दा बढि जिवन विमा समुह ३१७, निर्जिवन विमा समुह १७८, माईक्रोफाइनान्स ५८, व्यापार २३ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्