नेशनल माइक्रोफाइनान्सद्वारा बाढी पिडितलाई राहत सहयोग

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय सुडा कञ्चनपुर र सेवाकेन्द्र दोधारा चांदनीले बाढी पिडित सदस्यहरुलाई राहत साम्रागी हस्तारण गरेको छ ।
असोज ३१ र कार्तिक १ र २ परेको वर्षाबाट महाकाली नदीको तटिय क्षेत्रमा वसोवास गर्ने संस्थामा आवद्ध सदस्यहरुलाई वाढी घरमा पसी भएको क्षति को आधारमा छनौट गरी दोधारा चांदनी नगरपालिका वडा न. ९ र १० का ४९ घरधुरी तथा भिमदत्त नगरपालिका १६ पिपरिया वस्ती का ३१ घरधुरी लाई राहत साम्रगी हस्तारण गरेको छ ।
दोधारा चांदनीको ७ नंबर बजारमा अवस्थित अम्विका उच्च माध्यमिक विधालयको प्राङगडमा स्थानिय सामाजसेवी, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल नेपालको सहयोगमा राहत वितरण गरीएको थियो । भने भिमदत्त नगरपालिका पिपरैयामा संस्थाका प्र्र्रतिनिधि र स्थानिय समाजसेवीको सहयोगमा राहत रकम वितरण गरिएको छ ।
नेपाल राष्ट्र बैकवाट घ वर्गको मान्यता प्राप्त यो संस्थाले नेपालका विभिन्न स्थानमा १०० वटा शाखा कार्यालय माफ्त सेवा लघुवित्त सेवा प्रदान गरीरहेको छ । संस्थाले भिमदत्त, वेदकोट, झलारी तथा दोधारा चांदनी नगरपालिकामा आफ्नो कार्यक्षेत्र बनाई विगत ६ वर्षदेखि यस क्षेत्रमा बैकिङ्ग सेवा सञ्चालिन गरी कर्जा सेवा, बचत सेवा, विमा सेवा तथा अन्य विविध प्रकारका सेवाहरु निरन्तर प्रदान गदै आईरहेको छ । नेपालका प्रतिष्ठित ७ बटा बैक तथा देशका पुभुत्त व्यत्तीहरुद्धारा सन्चालीत यस वित्तिय संस्थाले स्थापनाको ८ वर्षमै आफ्नो विशिष्ट पहिचान वनाउन सफल भएको छ ।
नेशनल माईक्रोफाइनान्स वित्तिय संस्थाका सहायक जनकराज पन्तका अनुसार संस्थाले असोज ३१ र कार्तिक १ र २ वाढी घरमा पसी भएको क्षति को आधारमा छनौट गरी दोधारा चांदनी नगरपालिका वडा न. ९ र १० का ४९ घरधुरी तथा भिमदत्त नगरपालिका १६ पिपरिया वस्तीका ३१ घरधुरी लाई राहत स्वरुप चामल, तेल, नुन दाल गरी १ लाख ८० हजार वरावर साम्रगी हस्तारण गरीएको एवम् स्थापना काल देखि नै संस्था आवद्ध दुईछाक खान समस्या परेका सदस्यहरुलाई निरन्तर रुपमा सक्दो सहयोग गरीदै आएको वताए ।
राष्ट्रिय कार्यक्षेत्र भएको भएको नेपाल राष्ट्र बैकद्घारा स्वकिृत प्राप्त (घ) वर्गको नेशनल लघुवित्तले आफ्ना सदस्य हरुको संरक्षण मा ग्राहक संरक्षण कोष अन्र्तगत काजक्रिया खर्च, सुत्केरी खर्च, विभिन्न राहत सुविधा एवम् प्राकृतिक एवम् दैविक प्रकोपमा सदस्यहरुलाई राहत तथा सहयोग गदै आईरहेको छ । पुर्व मेचि देखि पश्चिम महाकाली सम्म स्थापना को छोटो अवधि मै शाखा संन्जाल विस्तार गरी ग्राहक सदस्यको मन जित्न सफल भएको छ ।