मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा « Arthapath.com
१४ कार्तिक २०७८, आईतवार

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभाशं घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७८.७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

शुक्रबार बसेको संचतालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँको १७.५७ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि बैंकको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।


प्रतिक्रिया दिनुहोस्