नेप्से निरन्तर उकालो लाग्दै, ५५ अंकले बढेर कारोबार रकम ७ अर्ब नाघ्यो
नेप्से निरन्तर उकालो लाग्दै, ५५ अंकले बढेर कारोबार रकम ७ अर्ब नाघ्यो
काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से ५५ अंकले बढेको छ । यस दिन आज नेप्से ५५.५० अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २८३७.६१ अंकमा पुगेर बजार बन्द भएको छ ।
यस दिन बैकिङ समुह बाहेक सबै समुहमा हरियाली छाएको छ । आज कारोबार रकम पनि बढेको छ । आज दिनभर २ सय ३२ कम्पनिको १३ करोड ८९ लाख ९ हजार ३ सय २२ कित्ता शेयर ८१ हजार ९ सय ३५ पटक किनबेच हुदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन । आज निर्जिवन विमा समुह ६०३, जिवन विमा २३०, विकास बैंक ३३८, होटल एण्ड टुरीजम १७३, माईक्रोफाइनान्स १४२, व्यापार १८६, हाईडेपावर १६६ अंकले बढेको छ । त्यसैगरी आज बैकिङ समुहमात्र २ अंकले ओरालो लागेको हो ।













