एनएमबि बैंकको १२.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकको लाभांश घोषण भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
हिजो शनिबार बसेको बैंक संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँको १२.५ प्रतिशत बोनस शेयर र बोनश शेयरको कर प्रयोजनको लागि ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।
१५.८ प्रतिशत लाभांश वितरण गरेपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ पुग्नेछ ।
