तिन महिनामा प्रभु बैंकले कमायाे ६३ कराेड ६३ लाख

काठमाडाैं । प्रभु बैंकले चालु आर्थिक वर्षको तिन महिनामा ६३ करोड ६३ लाख खुद नाफा आर्जन गरेको छ। बैंकले असोज मसान्तसम्मकाे वित्तिय विवरण प्रकाशित गरेकाे छ ।
प्रभु बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड खुद नाफा कमाएकाे थियो। गत वर्षभन्दा नाफा घटेकाे छ ।
बैंकको खुद ब्याज आम्दानी १६.०३ प्रतिशत घटेको छ । त्यस्तै सञ्चालन मुनाफा २९.४९ प्रतिशत घटेको छ। बैंकले फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा २०.२९ प्रतिशत बढाउन सफल भएकाे छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ९.२६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ०.३८ प्रतिशत बढेको छ भने कर्जा २.४४ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।