मेगा बैंककाे नाफामा छलाङ, तिन महिनामा ५० प्रतिसत बढ्याे

काठमाडाैँ । मेगा बैंकले नाफामा छलाङ मारेकाे छ । मेगा बैंकले खुद नाफामा ५०.५ प्रतिशतले बढाउन सफल भएकाे छ ।
बैंकले चालु वर्षकाे पहिलाे त्रैमासमै ९१ करोड ४६ लाख नाफा कमाएको हो। बैंकले साेमबार प्रकाशित वित्तिय विवरण अनुसार गत वर्षकाे साेही अवधीकाे तुलनामा नाफामा व्यापक सुधार गरेकाे छ । जुन नाफा ५०.५ प्रतिसत बढी हाे ।
बैंकले खुद ब्याज आम्दानी पनि १४ प्रतिशतले बढाएकाे छ । तीन महिनामा खुद ब्याज आम्दानी मात्रै एक अर्ब ५१ करोड गर्न सफल भएकाे छ। बैंकको स्प्रेड दर पनि ४.३८ प्रतिशतबाट ३.४८ प्रतिशतमा आएको छ।
मेगा बैंकले अशाेजमसान्तसम्ममा एक खर्ब ४१ अर्ब लगानी गरेकाे छ।