२०२ प्रतिशतले बढेर २९ करोड १८ लाख पुग्यो सिभिल बैंकको नाफा, अन्य सुचक कस्तो ?

काठमाडौं । सिभिल बैंकले नाफामा छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार २९ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले ९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा २ सय २ प्रतिशतले उकालो लागेको हो ।
सार्वजनिक विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकको व्यवसाय ४ प्रतिशतले उकालो लागेर खुद ब्याज आम्दानी ४२.८१ प्रतिशतले बढाउन सफल भएको हो । खुद ब्याज आम्दानी ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ४९ करोड रहेको थियो । बैंकको खुद संचालन नाफा ९० करोड ६९ लाख रुपैयाँ पुगेको हो ।
बैंकको चुक्ता पुजी ८ अर्ब ६४ करोड पुगेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ संचित गरेको छ । बैंकले ९२ अर्ब ७३ करोड निक्षेप संकलन गरेको छ भने ८५ अर्ब कर्जा लगानि गरेको छ । त्यसैगरी सार्र्वनिक भएको वित्तिय विवरण अनुसार खराब कर्जा अनुपात पनि १.५० प्रतिशतले घटेर ०.९६ प्रतिशतमा घटेको छ ।
सिभिल बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा, प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ ।