माछापुच्छ्रे बैंकले ३ महिनामा ५३ करोड १५ लाख नाफा कमायो, अन्य सुचक कस्तो ?

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा २० करोडले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार ५३ करोड १५ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकले ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा २० करोड बढि हो ।
सार्वजनिक विवरण अनुसार बैंकको वितरणयोग्य नाफमा पनि बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु वर्षमा १ अर्ब २८ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधीमा बैंकको ब्याज आम्दानी ९५ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।
बैंकले आफना ग्राहकहरुबाट १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।