सेञ्चुरी बैंकले ३५ लाख सबै प्रदेशलाई र ५० लाख रुपैयाँ केन्द्र सरकारलाई सहयोग गर्ने

काठमाडौं । कोरोना विरुद्ध सेञ्चुरी बैंकले आर्थिक सहयोग गरेको छ । सेञ्चुरी कमर्सियल बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रत्येक प्रदेशलाई ५ लाखका दर ३५ लाख प्रदेश सरकारलाई दिने छ भने ५० लाख रुपैयाँ केन्द्र सरकारलाई सहयोग गर्ने जानकारी दिएको छ ।