बैंकर्स संघकाे नयाँ कार्यसमितिलाई गभर्नर अधिकारीकाे सुझाव, ‘घाँटी हेरेर हाड निल्नुस्’ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंकर्स संघकाे नयाँ कार्यसमितिलाई गभर्नर अधिकारीकाे सुझाव, ‘घाँटी हेरेर हाड निल्नुस्’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकमा तरलताको समस्या बढेकोले संयमता अपनाउन बैकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैकर्स एशोसियशनको ३५ औं साधारण सभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुलाई संयमित भएर कर्जा लगानी र ब्याजदर समायोजन गर्न सुझाव दिएका हुन् ।

गभर्नर अधिकारीले बैंकहरुलाई घाटी हेरेर हाड निल्न आग्रह गरेका छन् । ‘मैले पहिला पनि साथीहरुलाई घाटी हेरर हाड निल्न आग्रह गरेको थिएँ’ तर जथाभावी कर्जा प्रवाह गर्दाअहिले समस्या आयो, उनले भने ।

सरकारी खर्च समयमै हुन नसक्नाले तरलता संकट बढेको हो उनले भने । गभर्नर अधिकारीले अहिले सानो चुनौतीमै अत्तालिने अवस्था आएकोले सानो चुनौतीमा नआत्तियर अनावश्यक कर्जा प्रवाह नगर्न आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षको सुरुमा कर्जा प्रवाह ३२ प्रतिशतले बढेको अधिकारीले बताएका छन् । कोरोना पछि अर्थतन्त्र पुनरुथानको गति लिन लागेकोले बैंकहरुमा कर्जाको माग बढेको छ । बैंकहरुले उक्त माग सम्बोधन गरि छोटो समयमा कमाउन खोज्दा तरलतामा चाप परेको उनले बताए । अत्पकालना नाफा कमाउन भन्दा दिर्घकालीन प्रणलीमा स्थायित्व हुनेगरि अगाडी बढ्न उनले सुझाव दिएका छन ।

नेपाल बैकर्स एशोसियशनको ३५ औं साधारण सभाले एशोसियशनको नयाँ कार्यसमिति चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्