लियो क्लब अफ नुवाकोट क्यापिटले गर्यो बृहत मधुमेह परिक्षण कार्यक्रम « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

लियो क्लब अफ नुवाकोट क्यापिटले गर्यो बृहत मधुमेह परिक्षण कार्यक्रम



काठमाडौं । लियो क्लब अफ नुवाकोट क्यापिटले बृहत मधुमेह परिक्षण, जनचेतना तथा स्वास्थ्य जाँच र ओैषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ । (नोभेम्बर १४) कार्तिक २८ गते आज आईतवार अन्तर्राष्ट्रिय मधुमेह दिवसको अवसरमा विदुर नगर पालिका वडा नम्बर ८, थुम्का वडा कार्यालय परिसरमा क्लबले बृहत मधुमेह परिक्षण, जनचेतना तथा बृहत स्वास्थ्य जाँच र ओैषधी वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

विदुर नपा ८ का वडा अध्यक्ष फैसिङ तामाङले उद्घाटन गरेका उक्त कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का एओजी लायन रमेश श्रेष्ठ, क्लस्टर चिफ लायन अनुजकुमार श्रेष्ठ, लायन्स मोडल भिलेज नुवाकोटका प्रमुख लायन श्रीकृष्ण रिजाल, लियो डिस्ट्रिक काउन्सिल प्रेसिडेन्ट लियो प्रकाश थापा लगायत लिडरहरु सहभागी भएका थिए ।

शिविरमा १५० जना भन्दा बढी व्यक्तिहरुले स्वास्थ्य जाँच गराएको लियो क्लब अफ नुवाकोटका अध्यक्ष दिबित्सा प्रधानले जानकारी दिएका छन् । अध्यक्ष प्रधानका अनुसार स्वास्थ्य परिक्षणको निम्ति आवश्यक ओैषधी तथा प्राविधिक सहयोग चक्रदेव पोलि क्लिनिक विदुर , स्टार नुवाकोट हस्पिटल तथा त्रिशूली मेडिकल इन्स्टिचुटले उपलब्ध गराएको हो ।


प्रतिक्रिया दिनुहोस्