अब आईपीओको रिजल्ट आधा घण्टामै हेर्न सकिने

काठमाडौं । आईपीओ बाडँफाँड भएपछि अब आधा घण्टामै रिजल्ट हेर्न सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले आधा घण्टामै आईपीओको नतिजा हेर्ने सकिने व्यवस्था गरेको हो । सीडीएससीका प्रमुख कार्यकारी अधिकुत (सिईओ) पूर्णप्रसाद आचार्यका अनुसार सिस्टम स्तरोन्नति गरेर आईपीओ बाडफाँड गरेको आधा घण्टामै नतिजा हेर्न सकिने व्यवस्था गरेको हो ।
स्तरोन्नति गरेको सिस्टममा मध्य–भोटेकोसीको आईपीओ परीक्षण गरिएको र आधा घण्टामै आईपीओको नतिजा हेर्न मिलेकोले अब आउने आईपीओको नतिजा आधा घण्टामै हेर्न सकिने आचार्यले बताएका छन् ।
“ विक्री प्रबन्धकले बाडँफाँड गरेको फाइल हामीलाई पठाएको आधा घण्टामै अपलोड गर्न सकिने सिस्टमको विकास गरेकोले अब आधा घण्टामै रिजल्ट हेर्न सकिने छ” आचार्यले भने । यसअघि आईपीओको नतिजा हेर्न करिब ६/७ घण्टा कुनुपर्ने हुन्थ्यो ।