आशा लघुवित्तको साधारण सभाले २६ प्रतिशत लाभांश पारीत गर्यो « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

आशा लघुवित्तको साधारण सभाले २६ प्रतिशत लाभांश पारीत गर्यो



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र उक्त शेयरको कर प्रयोजनको लागि १.३१५७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ ।

साथै सभामा लघुवित्तका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारेका थिए । सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ ।

त्यसैगरी प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाले अन्य ईजाजत–पत्र प्राप्त घ बर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (Memorendum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने/गाभिने वा प्राप्ती सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले ताकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगाएतका प्रस्तावहरु पारीत गरेको छ ।

२०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको हालसम्ममा ६७ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४६ करोड कर्जा लगानीमा रहिरहेको तथा १ अर्व ४२ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्