लाभांश पारित गर्न निफ्रा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश पारित गर्न तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे बोलाएको हो ।
बैंकको सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभाले आर्थिक बर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरि पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ अषाढ मसान्तसम्मको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेश गर्ने छ । साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गतेदेखि बुक क्लोज गर्नेछ । त्यसैले मसिंर ८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांस र सभामा सहभागि हुन सक्नेछन् ।
