नेपाल टेलीकमले तिर्यो सबैभन्दा धेरै कर, यि हुन सम्मानीत भएका धेरै कर तिर्ने १५ करदाताहरु « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नेपाल टेलीकमले तिर्यो सबैभन्दा धेरै कर, यि हुन सम्मानीत भएका धेरै कर तिर्ने १५ करदाताहरु



काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरेको छ । १० औं कर दिवसको अवसरमा विभागले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई आज सम्मान गरेको छ ।

यस वर्ष नेपाल टेलीकमले सबैभन्दा बढि कर तिरेको छ । विभागले टेलीकमलाई सबैभन्दा बढि आयकर बुझाउने कम्पनिको रुपमा सम्मान गरेको हो । त्यसैगरी बैंक तथा वित्तिय संस्थामा नविल बैंकले लगातार दोस्रो पटक सबैभन्दा बढि कर दाखीला गरेको हो । बीमामा नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा बढि करदाताको रुपमा सम्मान गरेको छ ।

त्यसैगरी सहकारी तथा लघुवित्त संस्थामा छिमेक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै आयकर तिरेर सम्मानीत भएका हो । विशेष उद्योगहरुमा सबैभन्दा कर तिर्नेहरुमा एशियन पेन्टस् (नेपाल), कृषि एवं पशुपंछीजन्य उद्योगहरुमा पूर्वाञ्चल एग्रीटेक सम्मानीत भएकाु हुन ।

विभागले स्वास्थ्य तथा शिक्षाक्षेत्र तर्फ नोबेल मेडिकल कलेज टिचिङ्ग, पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल्स, वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यमस्तरी करदातामध्ये कर्जा सूचना केन्द्र कम्पनी र नियमित कर बुझाउनेमध्ये घोराहि सिमेन्ट ईण्डष्ट्रिलाई सम्मान गरेको हो । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्सेर जंगबहादुर राणालाई सम्मानित गरेको हो ।

त्यसैगरी सूर्य नेपालले आयकर मूल्य अभिवृद्धि कर र अन्तः शुल्क करसमेत गरि कुल सबैभन्दा बढि कर तिर्ने कम्पनिको रुपमा सम्मानीत भएको हो ।


प्रतिक्रिया दिनुहोस्