मेगा बैंकको लाभांश परिमार्जन, बोनश र नगद कति ?

काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश परिमार्जन भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र २.०७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
यसअघि बैंकको हाल कायम चुक्ता पूँजी १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश परिमार्जन गरेको

हो । प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्विकुत भएपछि बैंकको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीह्रुले पाउँनेछन् ।