४१२ जनामा कोरोना संक्रमण, २०२ निको भए

काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ९३ जनामा गरिएको परिक्षणमा ४ सय १२ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०२ जना निको भएका छन भने १ जनाको ज्यान गएको छ । हाल देशभर ७ हजार ६ सय ३६ जना संक्रिय संक्रमित रहेका छन् ।
आज मुत्यु हुनेको संगै कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ३ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९ हजार ९ सय १६ जना पुगेको छ ।
