सर्वसाधारणको लागी खुशिको खबर, आजदेखि घट्यो विद्युत् महसुल, २० युनिटसम्म निःशुल्क

काठमाडौँ । सरकारले आज मङ्सिर १ गतेदेखि विद्युत्को महसुल घटाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रति युनिट १२ रुपैयाँ लिँदै आएकोमा अहिले घटाएर ११ रुपैयाँ कायम गरेको छ । यसअघि सरकारले प्रति युनिट १२ रुपैयाँबाट ११ रुपैयाँमा ल्याएको छ ।
आजदेखि विद्युत्को नयाँ महसुल दर लागू भएको छ । विद्युत् महसुल निर्धारण आयोगको सिफारिसमा नयाँ महसुल तय भएको हो । अव सरकारले २० युनिटसम्म विद्युत् उपभोक्तालाई निःशुल्क गर्ने जनाएको छ । २० युनिटसम्म विद्युत् उपभोक्ताले न्यूनतम मासिक ३० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।