नबिल बैंकले सुरु गर्यो प्रीमीयम रेमिट्यान्स बचत खाता « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

नबिल बैंकले सुरु गर्यो प्रीमीयम रेमिट्यान्स बचत खाता



काठमाडौं । नबिल बैंकले प्रीमीयम रेमिट्यान्स बचत खाता सुरु गरेको छ ।आफना ग्राहकहरुलाई समायनुकाल सेवा प्रदान गदै आएको बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत “Nabil Premium Remittance Savings Account” संचालन गरेको हो ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेबैंकले जनाएको छ । उक्त प्रीमीयम रेमिट्यान्स बचत खाता बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्