साताको अन्तिम दिन ३२ अंकले घट्यो शेयर बजार, परिसुचक २७६९.१३ अंकमा आइपुग्यो
काठमाडौं । साताको अन्तिम दिन आज विहिबार नेप्से ३२ अंकले बढेको छ । आज शेयर बजार ३२.३९ अंकले घटेर शेयर कारोबार मापक नेप्से परिसुचक २७६९.१३ अंकमा पुगेर बजार बन्द भएको छ ।
आज अन्य बाहेक सबै समुह घटेर राताम्मे भएको छ । आज दिनभर २ सय २४ कम्पनिको ९ करोड ८६ लाख २ हजार ९ सय ४० कित्ता शेयर ७० हजार ३७ पटक किनबेच हुदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रुपैयाँको कारोबार भएको छ ।

बजार घटेपनि आज मानुषि लघुवित्त, तेह्रथुम पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानिकर्ताले भने कमाएका छन् । तीन कम्पनिका लगानिकर्ताले क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले कमाएका छन् । यस दिन मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।














