नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता शेयर सूचिकृत
काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज शुक्रबार नेप्सेमा ङादी ग्रुप पावर कम्पनी लिमिटेडको ११ लाख ७८ हजार २२१ कित्ता र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता शेयर सूचिकृत भएको हो ।
ङादी ग्रुप पावरको असोज ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यसैगरी ग्रीन डेभलपमेण्ट बैंकको २०७७ चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारीत गरेको ३.८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।













