कर्मचारी सञ्चय कोषले जग्गा किन्न दिने भयो ऋण, ब्याज कति ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

कर्मचारी सञ्चय कोषले जग्गा किन्न दिने भयो ऋण, ब्याज कति ?



काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई जग्गा किन्न ऋण दिने भएको छ । कोषले एक अलग्गै कार्यविधी बनाएर ‘जग्गा खरीद सापटी कर्जा’ सुरु गर्न लागेको हो । कोषमा कम्तिमा एक वर्ष वा त्यसभन्दा बढी अवधिसम्म नियमित रुपमा पैसा जम्मा गर्ने सञ्चयकर्तालाई यस्तो सापटी सुविधा दिने तयारी भएको कोषका अधिकारीहरुले जनाएका छन् ।

कर्मचारी सञ्चय कोषले अहिले सञ्ययकर्तालाई वार्षिक ६.५ प्रतिशत ब्याज दिइरहेको छ । कर्जा सापटीबापत कोषले सञ्चयकर्तासँग ६.५ देखि ८ प्रतिशतसम्म ब्याज लिने गरेको छ । जबकी, बैंकहरुमा केही महिना अघिसम्म मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत र बचत निक्षेपको १ प्रतिशत हाराहारीमात्रै थियो ।

त्यतिबेलै १० प्रतिशत हाराहारी भएको ऋणको ब्याजदर अहिले १२ प्रतिशत नजिक पुगिसकेको छ । यस हिसाबले कर्मचारी सञ्चय कोषबाट लिने ऋणको भार निकै कम पर्छ ।


प्रतिक्रिया दिनुहोस्