नबिल, एनआईसी र ग्लोबल आइएमई बैंकः चालु आवको ३ महिनामा यी १३ सूचकमा कुन बैंक बलियो ?
काठमाडौं । बैंक तथा वित्तीय र बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका वित्तीय संस्थामध्ये यहाँ ३ बैंकका विभिन्न सूचक तुलना गरिएको छ । राष्ट्र बैंकका अनुसार हाल २७ वाणिज्य बैंकहरू सञ्चालन छन् । वाणिज्य बैंकहरूमा कुन ठूलो बैंक बन्ने भनेर होड बाजी चल्छ । आफ्नो बैंकलाई कसरी अन्य बैंकभन्दा ठूलो बैंक बनाउने भनेर अभ्यास गरिरहेका छन् ।
एनआईसी एशिया, ग्लोबल आइएमई र नबिल बैंक देशको ठूलो वाणिज्य बैंक बनेर १ नम्बरको ताज आफ्नो कब्जामा ल्याउन चाहन्छन् । तर चालु आवको असोज मसान्तसम्मको तथ्याङ्क अनुसार यी ३ बैंकको सूचक कस्ता रहेका छन् त ?
१. खुद नाफा
असोज मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने बैंकमा एनआईसी एशिया बैंक अगाडि रहेको छ । एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड ६ लाख ९१ हजार रुपैयाँ, नविल बैंकको १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ ।
२. खुद ब्याज आम्दानी
समीक्षा अवधिमा सबैभन्दा धेरै ब्याज आम्दानी गर्ने बैंकमा एनआईसी एशिया रहेको छ । एनआईसी एशिया बैंकको २ अर्ब ७८ करोड २४ लाख ९१ हजार रुपैयाँ, ग्लोबलको २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ र नबिल बैंकको २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ खुदब्याज आमदानी गरेको छ ।
३. नेट फि तथा कमिसन आम्दानी
नेट फि तथा कमिसन आम्दानी धेरै गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकको ५७ करोड १७ लाख ३९ हजार रुपैयाँ, एनआईसीको ४६ करोड ४ लाख ३९ हजार रुपैयाँ र नबिल बैंकले ४४ करोड ८३ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, नबिल बैंक जगेडा कोष, प्रतिशेयर नेटवर्थ र पिई रेसियोमा अगाडि रहेको छ । त्यस्तै, एनआईसी एशिया बैंक विभिन्न ७ वटा सूचक खुद नाफा, ब्याज आम्दानी, सञ्चालन मुनाफा, कुल सञ्चालन आय, निक्षेप संकलन, कर्जा लगानी र प्रतिशेयर आम्दानीमा अगाडि रहेको छ । त्यसैगरि गलोबल आइएमई बैंकको नेट फि तथा कमिशन आम्दानी, वितरणयोग्य मुनाफा र चुक्ता पूँजीका आधारमा अगाडि रहेको छ ।
कुन बैंक कुन सूचकमा कति बलियो ?














