थप ३८५ जनामा कोरोना संक्रमण, ४ जनाको ज्यान गयो
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २१ जनामा गरिएको पिसिआर परिक्षणमा ३ सय ३७ र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीषणमा १ जना गरि ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा २ सय ५८ जना सिनको भएका छन । भने ४ जनाको ज्यान गएको छ । हाल देशभर ७ हजार २ सय ६९ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा निको भएकासंगै कोरोना संक्रमण निको हुनेको संख्या ८ लाख ६ सय १७ पुगेको छ । हालसम्म देशभर ८ लाख १९ हजार ३ सय ८६ जना कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय पुगेको छ ।














