मौद्रिक नीतिको त्रैमासिक समीक्षा यस साता सार्वजनिक नहुने « Arthapath.com
७ असार २०८३, आइतबार

मौद्रिक नीतिको त्रैमासिक समीक्षा यस साता सार्वजनिक नहुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७८–७९ का लागि मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा यस साता नगर्ने भएको छ । मौद्रिक नीतिमा परिवर्तन गर्नुपर्ने विषयहरुमा छलफल भईरहेकाले राष्ट्र बैंकले यस साता मौद्रिक नीति सार्वजनिक नगर्ने भएको हो ।

चालु आवको पहिलो समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिमा केही परिवर्तन गर्ने की नगर्ने भनेर अन्यौलता कायम भएकाले सार्वजनिक गर्न केहि दिन ढिलाई हुने राष्ट्र बैंक स्रोतले बताएको छ ।

राष्ट्र बैंकले एक ब्यक्तिले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र अन्य बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा पाउने ब्यवस्था गरेको छ । राष्ट्र बैंकले शेयर धितोमा गरेको कडाईलाई परिवर्तन गर्ने की नगर्ने भनेर कुनै निर्णय भईनसकेको स्रोतले बताएको छ । राष्ट्र बैंकले शेयर धितोमा कडाई गरेपछि लगानीकर्ताहरुले राष्ट्र बैकविरुद्ध आन्दोलन समेत गरेका थिए । उक्त व्यवस्था यस पटकको समीक्षामा हट्ने आशामा लगानीकर्ताहरु रहेका छन् ।

त्यस्तै, मौद्रिक नीतिमा सीडी रेसियो ९० प्रतिशत तोकिएको छ । पछिल्लो समय तरलताको चाप बढेपछि सीडी रेसियोमा पनि लचकता अपनाउन नेपाल बैंकर्स संघले सुझाव समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्