सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा



काठमाडौं । सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा सुरु भएको छ । बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ०३ गतेबाट ८६ ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाको लागि बैंकले स्थानीय व्यवसायी होति देवि वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्