नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनश कति ? « Arthapath.com
८ मंसिर २०७८, बुधबार

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?



काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई ५.६१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हिजो बसेको संचालक समितिको बसेको बैठकले हाल कायम चुक्ता पुजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँको ३.५० प्रतिशत बोनस शेयर र बोनशको कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद गरि कुल ५.६१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले गरेपछि बैंकको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउने छन । प्रस्तावित लाभांश वितरण गरेपछि बैंकको चुक्ता पुजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार १ सय १३ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्