नेपाल बैङ्कले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

नेपाल बैङ्कले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौँ । नेपाल बैङ्कले साधारण सभा बोलाएको छ । बैङ्क सञ्चालक समितिको बैठकले पुस २ गते ६२ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले बैङ्कको हाल कायम चुक्ता पुजी १२ अर्ब ६३ करोड ३७ लाख ५८ हजार रुपैयाँको १४ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैङ्कले मङ्सिर २१ गते शेयर धनी दर्ता किताब (बुक क्लोज) गर्ने छ । तसर्थ २० गते सोमबारसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्