ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

ग्लोबल आइएमई बैंकको १३.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर १२ गते, आइतबार) अन्तिम दिन रहेको छ । बैंकले १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम शेयरधनीले बैंकको लाभांश पाउने छन् भने साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान १० बजे बोलाएको छ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्