मौद्रिक नीति समीक्षाको असर शेयर बजारमा भारी गिरावट, परिसुचक २६५१.४९ आइपुग्यो
काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । यस दिन शेयर बजार ८०.२९ अंकले ओरालो लागेर सबै समुह राताम्मे भएको हो । यस दिन बजारसंगै परिसुचक पनि ओरालो लागेर २६५१.४९ अंकमा आएर बजार बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले शेयर कर्जाको ४/१२ करोड सीमालाई कायमै राखेका कारण बजारमा भारी गिरावट आएको लगानीकर्ताले बताएका छन् । आज बजार खुलेदेखिनै ओरालो लागेको हो ।
आज २ सय ३४ कम्पनिको ११ करोड ९० लाख ३ हजार २ सय २ कित्ता शेयर ७० हजार ८ सय ४२ पटक किनबेच हुदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबै समुह घटेर राताम्मे भएको छ । सबैभन्दा बढि जिवन विमा र निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएको छन । उक्त समुह क्रमश ५३८ र ३८५ अंकले ओरालो लागेको हो ।














