हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राम चोकमा « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राम चोकमा



काठमाडौं । हिमालयन बैंकले शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेशमा शाखा विस्तार गरेको हो ।

बैंकले लुम्बिनी प्रदेशस्थित रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ५ मणिग्राम चोकमा शाखा विस्तार गरेको हो । बैंकले विस्तार गरेको उक्त शाखा मंसिर १० गतेदेखि सञ्चालनमा आएको हो ।

बैंकले सञ्चालनमा ल्याएको उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । त्यस्तै, बैंकको कूल शाखा संख्या ७२ वटा र विस्तारित काउन्टर संख्या ५ वटा संख्या १४६ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल्स संख्या पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्