नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य

काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।
बैंकको १० प्रतिशत बोनस शेयरपश्चात् नेप्सेले प्रतिकित्ता ३३२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १५ औं वार्षिक साधारण सभा मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
