गभर्नर अधिकारीले साढे ३२ लाख रुपैयाँ तलब सुविधा बुझ्दा दुई डेपुटी गभर्नरको आम्दानी गभर्नरका भन्दा बढी « Arthapath.com
१३ मंसिर २०७८, सोमबार

गभर्नर अधिकारीले साढे ३२ लाख रुपैयाँ तलब सुविधा बुझ्दा दुई डेपुटी गभर्नरको आम्दानी गभर्नरका भन्दा बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा गभर्नर अधिकारीले ३२ लाख ६२ हजार ४०३ रुपैयाँ तलब सुविधा बुझेका छन् । वार्षिक प्रतिवेदन अनुसार गभर्नरको रुपमा ३ लाख ९४ हजार ४०० रुपैयाँ तलब, वार्षिक बैठकको २ लाख २५ हजार र अन्य सुविधामार्फत १६ लाख ४३ हजार रुपैयाँ गरी ३२ लाख ६२ हजार रुपैयाँ सेवा सुविधा बुझेका हुन् ।

त्यस्तै, डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले ३६ लाख ५८ हजार ७२४ रुपैयाँ तलब सुविधा बुझेकी छिन् । गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले स्यालरिको १२ लाख १५ हजार रुपैयाँ, वार्षिक बैठकको ८० हजार रुपैयाँ र अन्य सुविधामार्फत २३ लाख ६३ हजार ७२४ रुपैयाँ गरी एक बर्षमा कूल ३६ लाख ५८ हजार रुपैयाँ सेवा सुविधा बुझेकी हुन् ।

त्यस्तै, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब सुविधा बापत कुल ३४ लाख ७९ हजार ८४१ रुपैयाँ बुझेका छन् । डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब सुविधावापत ११ लाख ३७ हजार ६ सय रुपैयाँ, वार्षिक बैठकको ८० हजार रुपैयाँ र अन्य सुविधामार्फत २२ लाख ६२ हजार २४१ रुपैयाँ बुझेका हुन् । दुबै जना डेपुटी गभर्नरले गभर्नर अधिकारीको भन्दा धेरै रकम बुझेका हुन् ।


प्रतिक्रिया दिनुहोस्