समीट लघुवित्तको २५.२८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । समीट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
लघुवित्तको हाल कायम चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँको २५.२८५३१६ प्रतिशत अर्थात ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
सजिलो लघुवित्तसँग मर्जर सम्पन्न गरि भर्खरै एकिकृत कारोबार थालेकोले कम्पनीले वितरण गर्ने बोनशमा कर नलाग्ने कम्पनीले जनाएको छ ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
