१५.८ प्रतिशत लाभांश पारित गर्न एनएमबि बैंकको साधारण सभा पौष २२ गते, अन्य एजेण्डा यस्ता छन् « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

१५.८ प्रतिशत लाभांश पारित गर्न एनएमबि बैंकको साधारण सभा पौष २२ गते, अन्य एजेण्डा यस्ता छन्



काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारण सभा बोलाएको छ । एनएमबि बैंक लिमिटेडको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा पौष २२ गते बोलाएको हो ।

बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कूल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात र आर्थिक बर्ष २०७७–०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु पारित गर्ने (सहायक कम्पनीहरु एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको एकीकृत वित्तीय विवरणहरु समेत) छ ।

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आव २०७८–०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बैंकको सभाले वर्तमान जारी पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रूपैयाँबाट वृद्धि गरी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रूपैयाँ पुर््याउन स्वीकृति प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्