मुक्तिनाथ विकास बैंकको १८.४९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ १५ गते बुधबारदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम नेप्सेमा कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले १५ औं वार्षिक साधारण सभा मंसिर २५ गते बिहान ९ बजे होटल जलमहल, घारीपाटन, पोखरा कास्कीमा बोलाएको छ ,
बैंकको सभाले १७.५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कूल १८.४९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८– ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने, सोही अनुसार प्रबन्धपत्रको सम्बन्धीत दफा सम्शोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।