राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब १० करोड ७८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले मंसिर ५ गते बिहान १० बजेदेखि मंसिर ५ गते दिउँसो २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले बैंकको विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल मंसिर २९ गतेदेखि २०७९ साल मंसिर २९ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड ६४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १६ करोड ६१ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५ करोड ५३ लाख रुपैयाँ गरी कूल एक अर्ब १० करोड ७८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्