हिमालयन बैंकले खोल्यो कैलालीको टिकापुरमा शाखा « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

हिमालयन बैंकले खोल्यो कैलालीको टिकापुरमा शाखा



काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा मंसिर १४ गते मंगलबार देखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ ।

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देब अग्रवालले वताए ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्