फेरी घट्यो सुनचाँदीको भाउ « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

फेरी घट्यो सुनचाँदीको भाउ



काठमाडौं । साताको चौथौ दिन आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । यस दिन नेपाली बजारमा सुन ४ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

आज सुन तोलामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ५ सय र तेजावि सुन ९१ हजार रुपैयाँमा कारोबार भइरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय र तेजावि सुन ९१ हजार ४ सय तथा चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्