२४ श्रावण २०८३, आइतबार

कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत भदौमा सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो ।

भर्खरै मात्र रिजल्ट सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कार्यालयका प्रवक्ता जंगबहादुर अर्यालले बताए । उनले भने, ‘कक्षा १२ को परिक्षाफल भर्खरै सार्वजनिक गरेका छौं । केहिबेर पछि विद्यार्थीले रिजल्ट हेर्न सक्छन् ।’

उनका अनुसार तीन लाख ७४ हजार १५ जना परिक्षामा सहभागि भएकोमा ए प्लसमा ७ हजार ६३ जना, ए मा ४८ हजार २३९ जना, बी प्लसमा ७० हजार एक जना, बी मा ९९ हजार ५५३, सी प्लसमा ७५ हजार ८८, सि ग्रेडमा २४ हजार १५१, डी प्लसमा ३ हजार ८७५, डी मा २९ हजार ६ जना र ग्रेड इ मा १० हजार ७३ जना पास भएका छन् ।

यसरी हेर्नुहोस् रिजल्ट