सानिमा बैंकले एकैपटक १० लाख कित्ता संस्थापक सेयरको बिक्री खुला

काठमाडौं । सानिमा बैंक लिमिटेडले एकैपटक १० लाख कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।बैंकका केही संस्थापक सेयरधनीहरुले उक्त शेयर बिक्रीका लागि निवेदन दिएपछि सञ्चालक समितिको बैठकले प्रकृया अगाडि बढाएका छन् ।
बैंकका विद्यमान सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने कारणले इच्छुक संस्थापकहरुले मात्र पहिलो चरणमा आवेदन दिन पाउने भएका छन् ।
३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन उनीहरूले पेश गर्न सक्नेछन् । सेयर खरीदका लागि न्यूनतम १ लाख कित्ताका लागि निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
उक्त समय अवधिमा विद्यमान संस्थापकहरुबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जानकारी दिएको छ ।