मेरो माइक्रोफाइनान्सको साधारण सभा भोली हुदै, २१ प्रतिशत लाभांश पारित गर्ने « Arthapath.com
२३ मंसिर २०७८, बिहीबार

मेरो माइक्रोफाइनान्सको साधारण सभा भोली हुदै, २१ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । २१ प्रतिशत लाभांश पारीत गर्न मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । भोली शुक्रबार बिहान साढे ११ बजे नुवाकोटको विदुरमा हुने साधारण सभाले २१ प्रतिशत लाभांश पारीत गर्ने छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन पाउने छन् भने लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्