बैंक अफ काठमाण्डूका ग्राहकले दराजको १२.१२ योजनामा २ हजार रुपैयाँ छुट पाउने « Arthapath.com
२३ मंसिर २०७८, बिहीबार

बैंक अफ काठमाण्डूका ग्राहकले दराजको १२.१२ योजनामा २ हजार रुपैयाँ छुट पाउने



काठमाडौं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजनामा २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् ।

ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गरेको हो । साथै बैंकले २ हजार रुपैयाँसम्मको विशेष छुटको योजना ल्याएको हो ।

जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत तथा अधिकतम् २ हजार रुपैयाँसम्मको छुटको सुबिधा उपभोग गर्न सक्नेछन् । बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत तथा अधिकतम १ हजार रुपैयाँसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम २ हजार रुपैयाँसम्म छुटको पाउनेछन् ।

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २ हजार रुपैयाँसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सकिनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्