४२ करोड लागतमा यस्तो बन्दैछ बीमा समितिको ८ तले भवन « Arthapath.com
२७ मंसिर २०७८, सोमबार

४२ करोड लागतमा यस्तो बन्दैछ बीमा समितिको ८ तले भवन



काठमाडौं । बीमा समितिले आफ्नो अत्यधुनिक भवन निर्माणको लागी आज शिलान्यास गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाक्रीसहितको उपस्थितीमा भव्य कार्यक्रम गरी भवन शिलान्यास गरेको हो ।

बीमा समितिले ललितपुरको कुपण्डोलमा रहेको आफ्नो १० रोपनी क्षेत्रफलमा ५ हजार स्क्वायरफिटको अत्यधुनीक तले भवन निर्माण गर्न लागेको हो । समितिको सो भवन २ वर्षभित्र सक्ने लक्ष्य लिएको बीमा समितिका एक कर्मचारीले बताए ।

आशिस–पाउण्ड पुमरी जेभी कन्ट्रक्सन कम्पनीले निर्माण गर्ने सो भवन शिालन्यास कार्यक्रममा बीमा समितिले सबै बीमा कम्पनीका सीईओहरुलाई पनि बोलाएको थियो । भवन शिलान्यास गर्दै अर्थमन्त्री शर्माले बीमा क्षेत्रमा अझै विकृती बढेको बताएका छन् । बीमा समितिले निर्माण गर्न लागेको सो भवनको बाहिरी स्ट्रक्चरको ४१ करोड ९२ लाख रुपैयाँको लागत लाग्ने समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्